सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जित्यो

भारतले अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५,रोहित शर्माले १७ रन बनाए ।

Sana Kishan

अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । उसका लागि टिम डेभिडले ५४ र क्यामरुन ग्रिनले ५२ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, ड्यानियल साम्सले २८ तथा जोस इङ्ग्लिसले २४ रन बनाए । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १÷१ विकेट लिए । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.