सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन हुन ६० दिन बाँकी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

Far weast coaching ad
85
Sana Kishan

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

Karnali Traders

आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई त्यही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । यस्तै न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Arus

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले भोलि बिहीवारदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ६० दिन बाँकी छ । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.