सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

Far weast coaching ad
67
Sana Kishan

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सुदुरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् ।

सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम ÷ प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।

Arus

आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

Karnali Traders

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तैसुदुरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् ।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदुरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.