
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतादाताले मत दिन पाउने भएका छन् ।
आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्नै आयोगका सचिव गोकर्णमणी दुवाडीले बताए ।


चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन् । यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनलेबताउका छन् । २०७४ को चुनावमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता थिए ।
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए । चुनावपछि झण्डै तीन महिनाको अवधिमा २ लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन् । गोदावरी न्युज बाट सभार
