सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावी खर्च विवरण नबुझाएकालाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

17
Sana Kishan

निर्वाचन आयोगले स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

आयोगले बिहिबार एक सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

Arus
Karnali Traders

नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम बुधबार आयोगले सार्वजानिक गरेको थियो।

जारी सुचनामा भनिएको छ कुन कुन कारणले खर्चको विवरण नबुझाएको हो? करणसहित ७ दिन भित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न भनेको हो ।

आयोगका अनुसार ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन्। निर्वाचन आयोगले हिजो निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो। गएको बैशाख ३० गते सम्पन्नं स्थानीय तहको निर्वाचनमा एक लाख ४५ हजार उम्मेदवार प्रतिष्पर्धामा थिए। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.