सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तान एसियाकपको फाइनल पुग्ने लक्ष्यसहित अफगानिस्तानसँग भिड्दै

पाकिस्तानले एसियाकप क्रिकेटको शीर्ष चारमा आफ्नो दोस्रो प्रतिस्पर्धा गर्दै छ। बुधबार हुने खेलमा पाकिस्तान अफगानिस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा अफगानिस्तान भने फाइनल आस कायम राख्न पाकिस्तानलाई हराउने लक्ष्यमा हुनेछ।

पाकिस्तान र अफगानिस्तानको खेलले भारतको भाग्यको पनि फैसला गर्नेछ। यदि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको खण्डमा भारत पनि फाइनलको दौडमा फर्कनेछ। तर पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमा फाइनल पुग्ने दुई टोलीको तय हुनेछ।

Sana Kishan

पाकिस्तानको जितले श्रीलंका र पाकिस्तान फाइनलमा पुग्नेछन्। भारत र अफगानिस्तान बाहिरिनेछन्।

World Link Ads

पाकिस्तान र अफगानिस्तान दुबईका लागि युएई घरेलु मैदान जस्तै भएकाले दुबै टोलीका लागि यो खेल अर्थपूर्ण रहेको छ। अहिलेसम्म यी दुई टोलीबीच दुईपटक मात्र टी–२० अन्तरराष्ट्रियमा प्रतिस्पर्धा भएको छ।

दुबैमा पाकिस्तान विजयी भएको छ। २०१३ र २०१९ मा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close