सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्डको बैठक बस्दैं

46
Sana Kishan

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोडले बैठक शुक्रबार बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो ।

परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताए । यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ ।

Arus
Karnali Traders

बोर्ड बैठक बोलाइए पनि नतिजा सार्वजनिक हुने नहुने भन्नेबारे यकिन भन्न सकिने अवस्था नरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले बताएको छ ।

नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ ।
त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.