सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केन्याद्वारा नेपाललाई २ सय १९ रनको लक्ष्य

केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनको लक्ष्य पाएको छ ।

नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन÷तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक÷एक विकेट लिए ।

Sana Kishan

नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यस शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

केन्यासँग यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले तीन–दुईले जितेको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.