सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आगामी निर्वाचनका लागि असोज ४ देखि मतपत्र छाप्ने कार्य सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोजको ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ । अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

त्यसअघि आयोगले मनोनयन भएका समानुपातिक उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइने अर्यालले जानकारी दिनु भयो । आयोगले हिजो बुधबार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका राजनीतिक दलहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो ।

Sana Kishan

ती दलहरूलाई असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइएको अर्यालको भनाइ छ । उनका अनुसार अहिले मनोनयन गराएका दलहरुले तोकिएको समयमा बन्दसूची बुझाउन नसके उनीहरूले निर्वाचनमा भाग लिन पाउँदैनन् । चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले जिल्ला देखि केन्द्रसम्म नै आन्तरिक गृहकार्य गरिरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

जस अन्तर्गत आज मतदता नामावलीका दोहोरो नाम भएका र मृत्यु भएका मतदाताको नाम अद्यावधिक भएको अर्यालले जानकारी दिए । अन्तिम मतदाता नामावली भदौ २१ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ । स्वीकृत बजेटअनुसारको कार्यक्रम निर्धारण, नीति निर्देशिका परिमार्जन लगायतका गृहकार्य भइरहेको छ ।

आयोगका अनुसार मतपत्र डिजाइनको काम पनि भइरहेको छ । मतदाता शिक्षा अन्तर्गतको घरदैलो अभियान भने दशैँतिहार पछिबाट कम्तिमा १५ दिन सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.