प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गर्नुभएको छ ।
आज बिहीवार काठमाण्डौमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसका नेता गिरि भर्सटायल, जिनियस भएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले गिरिमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरि सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनुभयो । गिरिको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पु¥याएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘गिरि एकदमै भर्सटायल, जिनियस मान्छे हुनुहुन्थ्यो । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । नेपालमा त्यस्तो विद्वान् मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणीय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ ।’

प्रधानमन्त्री देउवाले गिरिका लेखहरू पढ्नैपर्ने र लेखहरूमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनुभयो । उहाँले गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पु¥याउने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार
