सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वमा दिएको सार्वजनिक बिदा झिकेको छ।
बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा झिकिएको जनाएको छ।
यहि भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो।


यस्तै १२ भदौ मा थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदा समेत झिकिएको जनाएको छ।
गोदावरी न्युज बाट सभार
