सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज भदौ १६ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग

वि.सं. भदौ १६, २०७९ । ई.सं. १ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बिहीबार भाद्र शुक्लपक्ष । तिथि– पञ्चमी, १२ः५४ बजे उप्रान्त षष्ठी । नक्षत्र– स्वाती, २३ः२० बजे उप्रान्त विशाखा । योग– ब्रह्म, २१ः२९ बजे उप्रान्त ऐन्द्र । करण– वालव १२ः५४ बजेदेखि कौलव, २४ः१३ बजे उप्रान्त वणिज । चन्द्रराशि तुला । आनन्दादि योग स्थिर । दिनमान ३१।४१ । सूर्योदय ५ः४३ । सूर्यास्त १८ः२३ । क्भउतझदभच ऋृषिपञ्चमीव्रत सप्तर्षीपूजा, कोखजावीय, धर्मविनायक राष्ट्रिय रथयात्रा विरुडा पञ्चमी ।

राशिफल

World Link Ads
Mahakali Polytechnic

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

 

Dirghayu Ads

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

 

Sana Kishan

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।   मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.