सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बुधबार एमाले अध्यक्ष ओली कञ्चनपुर आउँदै

कञ्चनपुर – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर आउँदै छन्। पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली बुधबार महेन्द्रनगर आउँदै हुन् ।नेकपा एमाले कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारीबारे जानकारी गराएको छ ।

Sana Kishan

महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १२ बजे हुने कार्यक्रमको तयारीका लागि जिल्ला अध्यक्ष सुरेन्द्र विष्टको संयोजकत्वमा मूल परिचालन समिति गठन गरि काम भईरहेको छ ।जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एंव प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम छ ।

त्यस्तै केही माओवादीका नेताहरु समेत एमाले प्रवेश गर्ने बताईएको छ । महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले कैलाली र कञ्चनपुरका गरि पाँच सय बढी नेताहरुले एमाले प्रवेश गर्ने बताए ।विभिन्न पार्टी परित्याग गरि केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर स्तरिय नेताहरु एमाले प्रवेश गर्ने उनको भनाई छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close