सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज भदौ १३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !

पञ्चाङ्ग
वि.सं. भदौ १३, २०७९ । ई.सं. २९ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । सोमबार भाद्र शुक्लपक्ष । तिथि– द्वितिय, १४ः३५ बजे उप्रान्त तृतीया । नक्षत्र– उत्तरफाल्गुनी, २३ः२७ बजे उप्रान्त हस्त । योग– साध्य, २६ः२९ बजे उप्रान्त शुभ । करण– कौलव १४ः३५ बजेदेखि तैतिल, २६ः३६ बजे उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादि योग श्रीवत्स । दिनमान ३१।५३ । सूर्योदय ५ः४१ । सूर्यास्त १८ः२६ । दिजको दर खाने ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

World Link Ads

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन माध्यम नै रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । वैदेशिक कार्यमा सफलता पाइएला । साँझमा पैसा खर्च पनि हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता पनि लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close