सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायो

एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । यूएईको दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५÷३५ रन बनाए ।

Sana Kishan

यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.