सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन आयोगले आइतबार देखि मतदाता नामावली अद्यावधिक गर्ने

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यदी भदौ १२ गते (आइतबार)देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Sana Kishan

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा नाम सच्याउनका लागि भदौ १३ देखि १६ गतेसम्मको समय तोकिएको छ । यस्तै मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन पनि १३ देखि १६ गतेभित्र निवेदन दिइसक्नु पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.