सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात : आज भारत र पाकिस्तान खेल्दै

Far weast coaching ad
85
Sana Kishan

\एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो ।

श्रीलङ्काले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

Arus
Karnali Traders

अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए । यस्तै हज्रातउल्लाह जाजईले अविजित ३७ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

श्रीलङ्काका भानुका राजपाक्षेले सर्वाधिक ३८ रन तथा चामिका करुनारत्नेले ३१ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट तथा मुजिब उरहमान र मोहमद नाबीले २÷२ विकेट लिए । जितसँगै समूह ‘बी’ को अफगानिस्तानले पहिलो खेलमा २ अङ्क जोडेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.