सुदूर तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भदौं १२ गते आइतबारका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि २०७८ चैत २२ गतेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अटवारी पर्वको बिदा भदौं १२ गते दिने निर्णय गरेको हो ।

उक्त दिन कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहने जनाइएको छ।थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ।

गोदावरी न्युज बाट सभार
