सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केन्यासँगको खेलमा नेपाल बलिङ गर्दै

केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।

आजको खेलमा नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन् ।

Sana Kishan

विश्व टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल र केन्याको अन्तर निकै धेरै छ । नेपाल वरीयतामा १४ औँ स्थानमा छ भने केन्या ३० औँ स्थानमा छ । नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।

World Link Ads
Mahakali Polytechnic

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.