सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेस्ट इन्डिजलाई आउँदो वर्षको एकदिवसीय विश्व कपमा सिधै छनोट हुन कठिन

35
Sana Kishan

वेस्ट इन्जिडलाई आउँदो वर्ष हुने एकदिवसीय विश्व कपमा सिधै छनोट हुनका लागि धक्का पुगेको छ । न्युजिल्यान्डसँगको तेस्रो एकदिवसीय क्रिकेटमा ढिलो ओभरका कारण वेस्ट इन्डिजको दुई अङ्क घटेपछि आउँदो एकदिवसीय विश्व कपमा सिधै छनोट हुने सम्भावना कम हुँदै गएको छ ।

दुई अङ्क कटौती भएपछि वेस्ट इन्डिजको २४ खेलमा ८८ अङ्क भएको छ र रनरेट माइनस शून्य दशमलव ७३७ मा झरेको छ । वेस्ट इन्डिज सुपर लिगको सातौँ स्थानमा छ । आयोजक भारतसहित शीर्ष आठ स्थानमा रहने टोली विश्व कपका लागि सिधै छनोट हुनेछन् ।

Arus
Karnali Traders

अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलङ्कालगायतका देश वेस्ट इन्डिजभन्दा पछाडि रहेका छन् तर उनीहरूले निकै कम खेल खेलेकाले बाँकी खेलबाट अङ्क बटुल्न सक्नेछन् । अहिले नवौँ स्थानमा रहेको आयरल्यान्डले अर्को वर्ष बङ्गलादेशसँग तीन खेलको शृङ्खला खेल्दैछ, शृङ्खलाका दुई वटा खेल जितेमा आयरल्यान्डले वेस्ट इन्डिजलाई पछि पार्नेछ ।

एकदिवसीय क्रिकेटमा शीर्ष आठ टोली सिधै छानिने छन् भने बाँकी पाँच टोलीले क्वालिफायर खेल्नेछन् । क्वालिफायरको फाइनल पुग्ने दुई टोली विश्व कपमा पुग्नेछन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.