सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज भदौ ८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

70
Sana Kishan

पञ्चाङ्ग
वि.सं. भदौ ०८, २०७९ । ई.सं. २४ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बुधबार भाद्र कृष्णपक्ष । तिथि– द्वादशी, ८ः०८ बजे उप्रान्त त्रयोदशी । नक्षत्र– पुनर्वशु, १४ः३० बजे उप्रान्त तिष्य । योग– व्यतीपात, २७ः१७ बजे उप्रान्त वरियान् । करण– गर ८ः०८ बजेदेखि गर, २१ः०८ बजे उप्रान्त शकुनि । चन्द्रराशि मिथुन । आनन्दादि योग गद । दिनमान ३२।१२ । सूर्योदय ५ः३९ । सूर्यास्त १८ः३२ । प्रदोषव्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

Arus

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।

Karnali Traders

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पितृ देवको आशीर्वाद पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.