सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज भदौ १ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. भदौ ०१, २०७९ । ई.सं. 17 Aug, 2022 । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बुधबार भाद्र कृष्णपक्ष । तिथि– षष्ठी , २३ः५९ बजे उप्रान्त सप्तमी । नक्षत्र– अश्विनी, २६ः२२ बजे उप्रान्त भरणी । योग– गण्ड, २६ः०६ बजे उप्रान्त वृद्धि । करण– गर १२ः०० बजेदेखि वणिज, २३ः५९ बजे उप्रान्त वालव । चन्द्रराशि मेष । आनन्दादि योग मृत्यु । दिनमान ३२।३७ । सूर्योदय ५ः३५ । सूर्यास्त १८ः३८ । भ.२३ः५९ उ. भाद्र संक्रान्ति, क्रीर्तिपुर बाघभैरव यात्रा, वल्केपर्व ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारमा विवाद आउनेछ । पारिवारिक झैझमेला आउला । स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.