सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउँदो चुनावमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने गरी लाग्नुस् : देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । उहाँले त्यो चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा आज सोमवारदेखि सुरु भएको कार्यक्रममा बोल्दै उहाँले आउँदो चुनावमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सत्तारूढ गठबन्धन मिलेर चुनावमा गएकाले पालिका चुनावमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताउनुभयो ।

Sana Kishan

उहाँले भन्नुभयो, ‘पालिका चुनाव सफलताका साथ सम्पन्न भएको छ । त्यो चुनावमा कांग्रेसले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । अब आउँदो मङ्सिर ४ गते हुने आम चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने र कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईँहरूको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु । आम चुनाव २०७४ सालमा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो । विपक्ष गठबन्धन बनेपछि हामीले पराजय हुनुप¥यो । यसपालि हामी गठबन्धन सरकारमा छौँ । गठबन्धनकै कारण पालिका चुनावमा सफलता हासिल गरेका हौँ । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौँ । जनताको हितमा काम गरेर उनीहरूको दिल जित्यौँ भने हामीले अवश्य पनि चुनाव जित्नेछौँ । लोकतन्त्रमा जनताभन्दा ठूलो कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ ।’

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्री देउवाले कोभिड सङ्कट समाधान गराउन, संवैधानिक मूल्य–मान्यताअनुसार देशलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण सफलता हासिल गरेको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आउँदो आम चुनावमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचित भएका पालिकाका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.