सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भदौ १ गते ओल्के पर्वको सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिइएको छ । हरेक बर्ष भदौ १ ओल्के पवर्का रुपमा मनाईन्छ ।

Sana Kishan

भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सुदुरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द हुने जनाएको छ । भदौ १ गतेका दिन काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन रहेको छ ।

विशेष उक्त दिनमा आफूभन्दा ठुलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको मुख्य विशेषता हो । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.