सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूर पहाडमा गौराको चहलपहल बढ्यो

सुदूरपश्चिमको महान पर्व गौरा नजिक आउन थालेपछि बैतडी सहितका जिल्लामा गौराको चहलपहल बढेको छ । कामका लागि बाहिर रहेकाहरु समेत घर फर्किने क्रम शुरु भएको स्थानीयहरुले बताएका छन् । गौराको बेला घरपरिवारका सदस्यहरु एकै ठाउँमा जमा भएर मनाउने प्रचलन अनुसार घर बाहिर रहेकाहरु घर फर्कने जारी रहेको सुर्नया ५ का मदनसिंह बिष्टले बताए ।

गौरा एकादशीपछि पहिला पहिला गाउँगाउँमा ठाडो खेल, ढुस्को धमारी लगायतका सांस्कृतिक खेलहरु हुने भएपनि पछिल्लो समयमा भने लोप हुँदै गएका बिष्टले बताए । उनले भने ‘गौराको समयमा विभिन्न देवीदेवताका गाथामा आधारित खेलहरु हुने गर्दछन् । तर पछिल्लो समयमा यस्ता सांस्कृतिक खेलहरु लोप हुँदै गएका छन् ।’

गौरा पर्व नजिक आएपछि गाउँघरमा गौराको रौनक शुरु भएको सुर्नया ६ का हरिना अवस्थीले बताइन् । गौराको समयमा नयाँ लुगा लगाउने, मिठो मसिनो खाने पहिलादेखिकै चलन रहेकाले गाउँघरमा चहलपहल बढ्न थालेको उनले बताइन् । उनले भनिन् ‘गौराको चहलपहल शुरु भइसकेको छ । घर बाहिर रहेकाहरु पनि घर आउने क्रम जारी रहेको छ ।’

World Link Ads
Mahakali Polytechnic

बैतडीमा मात्रै नभएर डडेल्धुरामा पनि गौराको चहलपहल शुरु भइसकेको भागेश्वर गाउँपालिका चौडकी स्थानीय कमली बोहराले बताइन् । गौरा पर्व नजिक आएपछि गौराको चहलपहल बढेको उनले सुनाइन् । काम बिशेषले घर बाहिर रहेकाहरु घर फर्कने क्रम शुरु भइसकेको उनले बताइन् ।

Dirghayu Ads
Sana Kishan

यता दार्चुलामा पनि गौराको रौनक शुरु भइसकेको शैल्यशिखर नगरपालिका आगरकी सीतादेवी रावलले बताइन् । गौराको समयमा गाउँघरमा निकै रमाइलो हुने गरेको उनले सुनाइन् ।

हरेक बर्ष भाद्र कृष्ण अथवा शुक्ल पक्षको पञ्चमीबाट गौरा पर्वको शुरुवात गर्ने गरिन्छ । कुनै बर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा पर्दछ भने कुनै बर्ष भाद्र कृष्ण पक्षमा पर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।

गौराको समयमा विवाहित महिलाहरुले ब्रत उपासना गरेर शिवपार्वतीको पूजाआजा गर्ने चलन रही आएको छ । महेश्वर र गौराको पूजाआजा गरेर गौरा पर्व मनाउने गरिन्छ । ब्रतालु महिलाहरुले पञ्चमीदेखि दुर्वाष्टमी अर्थात अठ्यावाली सम्म गौराको पूजन गर्ने गर्दछन् ।

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी लगायतका पहाडी जिल्लाहरुमा गौरापर्व मनाउने चलन रही आएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायका नागरिकहरुले पनि तराइमा गौरा मनाउने गरेका छन् । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.