सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनसेलले ल्यायो युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ योजना

78
Sana Kishan

एनसेल आजियाटा लिमिटेडले प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित मात्र ९७ रुपैयाँमा आजदेखि यो सिम लिन सक्ने एनसेलले जनाएको छ । यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।

Arus

युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् ।

Karnali Traders

साथै ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि निःशुल्क सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माइफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

ग्राहकले सीम सुरु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० रुपैयाँ वा त्यसभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुरु हुने कम्पनीले जनाएको छ । निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार यस प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्युजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् ।यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको लाइसेन्स वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.