सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा भारत विजयी

वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड पार्कमा गएराति भएको खेलमा भारत ८८ रनले विजयी भएको हो ।

यो सँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । जितका लागि भारतले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५ ओभर ४ बलमा १ सय रनमै समेटियो । वेस्ट इन्डिजका लागि शिमैन हेटमायरले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए भने शम्राह ब्रुक्सले १३ र डेभन थोमसले १० रन जोडे ।

Sana Kishan

भारतका लागि रवि विश्रोइले ४ विकेट लिए । यस्तै, कुलदीप यादव र अक्षर पटेलले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । भारतका लागि श्रेयस ऐरले ६४ रनको अर्धशतकीय पारी खेले ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, दीपक होडाले ३८, हार्दिक पाण्डेले २८ र इशान किशनले ११ रन जोडे । वेस्ट इन्डिजका ओडेन स्मिथले ३ विकेट लिए भने जेसन होल्डर, डोमिनिक ड्रेक्स र हायडन वेल्स जुनियरले एक÷एक विकेट लिए । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.