सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सप्तकोसी नदी बस्तीमा पसेपछि नौ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

उदयपुरमा सप्तकोसी नदी मानव बस्तीमा पसेपछि विचल्ली भएको छ । मानव वस्तीमा नै बाढी पसेपछि त्यसबाट प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । केहिलाई विद्यालय भवनमा र केहिलाई टहरा बनाएर बसाइएको छ भने केहि आफन्तकोमा बसेका छन् ।

Sana Kishan

बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोसी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

सप्तकोसी बस्तीमा पस्दा झन्डै चार हजार जना मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा धेरै प्रभावित भएका छन् । १५ सय परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएकोछ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.