सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकालाई

15
Sana Kishan

इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।

साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।

Arus
Karnali Traders

इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४÷१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए भने केशव महाराज २ तथा एन्डिले फेलुकवायो, एडन मार्क्रम र एन्रिच नोट्रेजले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दरिक्षण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

Nepali Khaja

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्स र एडन मार्क्रमले अर्धशतकीय पारी खेले । हेन्ड्रिक्सले ७० तथा मार्क्रमले ५१ रनको योगदान गरे । यस्तै, राइली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए । इङ्ल्यान्डका लागि डेबिड विलिले ३ विकेट लिए भने मोइन अली र क्रिस जोर्डनले समान १÷१ विकेट लिए। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.