सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Sana Kishan

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८÷३÷२९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवम् कार्यभार तोक्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको थियो । शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले शर्मालाई नै दोषी ठहर गर्न सकेको थिएन । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.