सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिमको मुख्य जिम्मेवारी क्वालिटि र चन्दलाई

समाजसेवी तथा सामाजिक अभियन्ता भोजराज जोशी क्वालिटी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

शनिबार धनगढीमा आयोजना गरिएको उक्त कार्यक्रममा बहुमतका साथ सुदूरपश्चिम प्रदेशको पार्टी अध्यक्षमा नरेन्द्र बहादुर चन्द तथा प्रदेश सचिव पदमा क्वालिटी चयन भएका हुन्।

पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हजारौं युवाले पार्टी प्रवेश गरेको उनी बताउँछन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

स्थानीय तहको चुनावमा हरेक ठाँउ ठाउँमा स्वतन्त्र युवालाई चुनाव लड्न प्रेरित गर्दै धेरै ठाउँमा सफलता प्राप्त गरेको क्वालिटी बताउँछन् ।

अब पार्टीगत भई युवाको सरकार ल्याउने उद्देश्य उनको रहेको छ ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी तथा रवि लामिछानेको समर्थनमा धनगढीमा युवाको विशाल जनसागर उत्रिएको थियो।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.