सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अहस्तक्षेपको नीतिले मात्र अन्तर्राष्ट्रिय कानुनको पालना र विकासमा योगदान गर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्छ भन्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको बताउनु भएको छ ।

Sana Kishan

अन्तर्राष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एसियाको सन्दर्भ’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको ललितपुरमा उद्घाटन गर्दै उहाँले नेपालले झण्डै ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको वकालत र पालना गर्दै आएको स्मरण पनि गर्नुभयो । राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलतको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवं अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको पनि बताउनुभयो ।

उहाँले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवम् भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भइ नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा योगदान गर्दै आएको पनि बताउनु भयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.