सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

12
Sana Kishan

स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो ।

न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए ।

Arus
Karnali Traders

न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका मार्क चाम्पमानले ८३ रनको अर्धशतकीय पारी खेले । मिचेल ब्रेसवेल ६१ रनमा अविजित रहे ।

Nepali Khaja

स्कटल्यान्डका गाभिन मेनले २ विकेट लिए । न्युजिल्यान्डको यो टी–२० इतिहासकै सर्वाधिक उच्च योगफल समेत हो । पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.