सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिलो टी–२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हरायो

भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

Sana Kishan

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

World Link Ads
Mahakali Polytechnic

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले ।

Dirghayu Ads

जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा ’क्लिन स्वीप’ गरेको थियो। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.