सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रधानमन्त्री देउवा–अमेरिकी सहायक विदेशमन्त्री लु भेटवार्ता

22
Sana Kishan

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । लुले प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।त्यसअघि लुले शुक्रबार नै परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै उक्त भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् । ‘म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु,’ उनले भनेका छन् ।

Arus
Karnali Traders

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार दुवै भेटवार्तामा अमेरिका र नेपाल बीचको सम्बन्धमा विषयमा छलफल भएको छ । दूतावासले अमेरिका–नेपाल ७५ वर्षको साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको जनाएको छ ।

Nepali Khaja

परराष्ट्र मन्त्रालयका अनुसार खड्कासँगको भेटवार्तामा दुवै पक्षले विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोप लगायतका विभिन्न क्षेत्रमा छलफल गरे ।

 

लु तीन दिने भ्रमणको लागि नेपाल आएका हुन् । लु दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेश मन्त्री हुन् । ekantipur.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.