सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी

19
Sana Kishan

इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक÷एकको बराबरी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो । इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३÷३ विकेट लिए ।

Arus
Karnali Traders

लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । उसका लागि राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय पारी खेले ।

Nepali Khaja

रुसोले अविजित ९६ रन तथा हेन्ड्रिक्सले ५३ रन बनाए । इङ्ल्यान्डका रिचार्ड ग्लिसन, मोइन अलि र क्रिस जोर्डनले समान १÷१ विकेट लिए । पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आइतवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.