सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कारागारलाई खुला स्थानमा सार्छौँ : गृहमन्त्री बालकृष्ण खाँण

राष्ट्रियसभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्।

राष्ट्रियसभाको बिहीबार बसको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले अधिकांश कारागारहरू शहरको मध्य भागमा रहेको भन्दै तिनलाई ठूलो भूभागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताएका हुन्।

Sana Kishan

उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदी बन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे।

World Link Ads
Mahakali Polytechnic

उनले भने, ‘बन्दीगृहलाई अब सुधारगृह बनाउनु जरुरी छ। त्यसका लागि हामी प्रयत्नशील छौँ। अधिकांश बन्दीगृहहरू, कारागारहरू शहर बजारको मध्यभागमा नै छन्। मध्यभागका जेलहरूलाई वाह्य भूभागमा, अलि ठूलो भूभागमा सार्ने र नयाँ जेलहरूको निर्माण गर्ने त्यो योजनामा सरकार छ। जेलको क्षेत्रफल पनि ठूलो होस्‚ उनीहरूलाई मनोरञ्जनलगायत काम पनि गर्न सकियोस्। कृषि उत्पादनमा पनि उनीहरूलाई उपयोग गर्न सकियोस् भन्ने हाम्रो ध्येय र धारणा हो।’ थाहा  खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.