सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जित्यो

इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हरायो ।

भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ बल बाँकी छँदै १ सय ४८ रनमा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ४ तथा असर्दीप सिंह र यजुवेन्द्र चहालले २÷२ विकेट लिए ।

Sana Kishan

यसघि टस जितेर ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाए । भारतका अरु ब्याट्सम्यानले पनि आक्रामक ब्याटिङ गरे । यी दुई देशबीच ३ खेलको टी–२० र ३ खेलको एक दिवसीय श्रृङ्खला हुँदैछ ।

World Link Ads
Mahakali Polytechnic

यसअघि सकिएको पाँचौँ टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पूरा गर्दै आफ्नो टेस्ट इतिहासमा सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड बनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.