सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन आयोगद्वारा पालिका चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता

47
Sana Kishan

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ ।

Arus
Karnali Traders

आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ ।

वैशाख ३० गते मतदानका क्रममा विवाद भए पछि बसेको सर्वदलीय बैठकमा असार २३ गते चुनाव गर्ने सहमति भएको थियो । यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता पौडेलका अनुसार यसपालि निर्वाचन सामग्री खरिद र ढुवानीमा मितव्ययीता तथा मतदाता शिक्षामा घरदैलो नगर्दा विगतमा भन्दा केही खर्च घटेको हो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.