सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द

145
Sana Kishan

बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण राहदानी सेवा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ ।

Arus

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जानकारी दिए। बैतडीसहित बझाङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको उनले बताए।

‘यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकोले सेवा अवरुद्ध भएको हो। अवरुद्ध विद्युतीय राहदानी सेवा सहज हुन अझै दुई तीन दिन लाग्ने भन्ने खबर आएको छ’,उनले भने, ‘उक्त सेवा लिन आउनेलाई हामीलाई सम्पर्क गरेर मात्रै आउन आग्रह गर्छौं।’

Karnali Traders

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो। हालसम्म करिब ४०० जनाले यो सेवा लिएका छन्।

एमआरपी राहदानी विस्थापन गरेर विद्युतीय राहदानी शुरू गरिएको थियो। यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।

(गोदावरी न्युज बाट सभार)

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.