सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असार १८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असार १८, २०७९ । ई.सं. २ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शनिवार आषाढ शुक्लपक्ष । तिथि–
तृतीया , १२ः४० बजे उप्रान्त चतुर्थी । नक्षत्र– अश्लेषा , २८ः३५ बजे उप्रान्त मघा । योग– हर्षण , १०ः४९ बजे उप्रान्त वज्र । करण– गर १२ः४० बजेदेखि वणिज , २५ः२२ बजे उप्रान्त वालव । चन्द्रराशि कर्कट । आनन्दादि योग मानस । दिनमान ३४।३१ । सूर्योदय ५ः१३ । सूर्यास्त १९ः०२ । खेलकूद पत्रकार दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाईबाट विश्वासघात हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नसक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा कुनै कुराले मनमा शान्ति छाउने छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.