सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउँदो चुनावमा विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भावना, साउनभित्र उपलब्ध गराउन आयोगको माग

निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो ।

आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज बिहीवार एक विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

Sana Kishan

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । त्यही समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन दिएको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो । विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना हुँदैन । मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेशिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन ।

World Link Ads
Mahakali Polytechnic

गएको वैशाख ३० गते भएको पालिका चुनावमा पनि निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले विद्युतीय मेशिनबाट मतदान गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग भएको थियो । यसअघि २०६४ सालको संविधान सभा चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालको संविधान सभाको उपचुनावमा पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.