सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको धौलीगङ्गा बाँध खोलियो, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलिएको छ । बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

ढोका खुलेपछि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । बिहान ५ बजे खोेलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

Sana Kishan

ढोका खोलिएपछि महाकाली नदिमा जलस्तर बढ्न सक्ने भएकाले दार्चुला र बैतडी महाकाली नदि किनार तटिय क्षेत्रका बासिन्दाहरुलाइ सर्तक रहन आग्रह गरिएको छ । भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको दार्चुलाका सहकायक प्रमुख जिल्लाअधिकारी हेमन्ती साउदले जानकारी दिए । यस्तै, महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.