सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मदन भण्डारीको ७१ औ स्मृति दिवसको अवसरमा अन्तरसंवाद कार्यक्रम

51
Sana Kishan

प्रेस चौतारी नेपालले ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता मदन भण्डारीको ७१ औ स्मृति दिवस जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरी मनाएको छ । प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा(एमाले) कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट रहेका थिए भने प्रेस काउन्सिल सदस्य हरी जोशी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य धर्मा कुमारी रोकाया र ओकुरावका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थी विशिष्ठ अतिथि रहेका थिए ।

प्रेस चौतारी नेपालको केन्द्रिय कार्यालयको सकुलेसन अनुसार प्रेस चौतारी नेपाल कञ्चनपुरले उक्त कार्यक्रमको आयोजना गरको हो । कार्यक्रममा स्वागत मन्तव्य ओकारावका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थीले गरेका थिए भने संञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला सचिव मदन गिरीले गरेका थिए ।

Arus
Karnali Traders

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नेकपा(एमाले) पार्टि लगायत विश्वका कम्यूनिष्ट घटकहरुको मार्ग दर्शक सिद्धान्त बनेको अकुरावका वरिष्ठ उपाध्यक्ष विष्ण अवस्थीले बताए । त्यसैगरी नेकपा(एमाले) जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले अहिले देश मदन भण्डारीले प्रतिपादन गरेको जवजको सिद्धान्तले मार्ग दर्शन गरेको बताए ।

उनले अहिले देशमा जनताको बहुदलिय जनबाद लागु भएता पनि उक्त सिद्धान्तलाई विफल बनाउन समाजिक सञ्जाल लगायतका विभिन्न प्रविधिमा अपवाह फैलाईएको बताए । उनले समाजिक सञ्जालमा आएका झुट्टा कुराहरु र कुनै व्यक्तिले भनेको आधारमा मात्र समाचार नवनाई सत्य तथ्य बुझेर अध्ययन गरेर कलम चलाउन आग्रह गरे । नयाँ खवर बाट सभार

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.