सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज असार १४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

108
Sana Kishan

पञ्चाङ्ग
वि.सं. असार १४, २०७९ । ई.सं. २८ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । मंगलबार आषाढ कृष्णपक्ष । तिथि– औंसी, ३१ः०५ बजे उप्रान्त प्रतिपदा । नक्षत्र– मृगशिरा, १८ः५४ बजे उप्रान्त आर्द्रा । योग– गण्ड, ८ः३१ बजे उप्रान्त वृद्धि । करण– नाग ७ः०५ बजेदेखि चतुष्पद, १८ः०६ बजे उप्रान्त वव । चन्द्रराशि वृष । आनन्दादि योग राक्षस । दिनमान ३४।३४ । सूर्योदय ५ः१२ । सूर्यास्त १९ः०२ । दर्शश्राद्ध, निशीबार्ने, हलोबार्ने, औँशी ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

Arus

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

Karnali Traders

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलेको कुरा पु¥याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.