सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने ’हेरिटेज’ मार्ग बनाउँछु : मन्त्री जीवनराम श्रेष्ठ

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने ’हेरिटेज’ मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

Sana Kishan

आज सोमवार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने ’हेरिटेज’ मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताउनुभयो ।

उहाँले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा सात दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close