सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौँमा हैजाको संक्रमण बढेपछि ठेलामा पानीपुरी बेच्न सोमबारबाट पूर्ण प्रतिबन्ध

45
Sana Kishan

काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।

Karnali Traders

सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् । उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए । हाछेथुले आइतबार दिनभरी ठेलामा पानीपुरी बेच्नेहरुलाई ‘यसो नगर भनेर सम्झाउने र सोमबारबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिए । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.