सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आबद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताउनु भएको हो । शनिबार काठमाण्डौमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको चुनावमामा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गर्नु भयो ।

Sana Kishan

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धनको आवश्यकता अहिले पनि छ । हिजो भएको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भए पनि कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले पालिका तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर पनि गर्वकासाथ भन्नु पर्दछ–महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ–मिलेरै जाऔं । नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्रीजीले गठबन्धनको आवश्यकता छ, हामी आउने चुनावमा पनि मिलेर जाऔं भन्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए, त्यो पनि स्विकार गर्नु भएको छ । र, ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्दछ । कहाँकहाँ आत्माआलोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ । यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यक्ता छ ।’

World Link Ads
Mahakali Polytechnic

अध्यक्ष नेपालले पालिका तह चुनावमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको चुनावमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको पनि बताउनु भयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.