सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कैलालीको धनगढीमा आजदेखि केही क्षेत्रमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने

28
Sana Kishan

चर्को गर्मीको समयमा अब कैलालीको धनगढीमा बिहिबारदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै असार ९ गतेदेखि १६ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।

Karnali Traders

वितरण केन्द्रका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तारको क्रममा नाला तथा कल्भर्टमा परेका पुराना पोल हटाउन र विद्युत संरचना स्थानान्तरण गर्नका लागि विद्युत अवरुद्ध हुने भएको हो।

हसनपुर फिडरअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंक आसपासको क्षेत्र र हसनपुरदेखि क्याम्पस चोक आसपासको क्षेत्रमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.