सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित

19
Sana Kishan

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । हङकङकी मिारिको हिलले सर्वाधिक ४५ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राईले दुई र सीता मगरले एक विकेट लिए ।

Karnali Traders

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रन बनाए ।

Nepali Khaja

यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ । १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० खेल्न पाउने छन् । उज्यालो अनलाइन बाट सभार

 

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.